३१ असार २०८३, बुधबार

प्रस्तावित राजदूतहरूको सुनुवाइ आजदेखि

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ आजदेखि सुरु गर्ने भएको छ ।

शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रस्तावित राजदुतहरुमाथि उजुरी गर्ने उजुरीकर्ताहरुसँग छलफल गर्ने भएको हो । समिति सभापति ईश्वरीदेवी न्यौपानेकाअनुसार भदौ १६ देखि २५ गतेसम्म बिदाको दिनबाहेक प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ हुनेछ ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले प्रस्तावित राजदूतहरूको सुनुवाइको कार्यतालिका पारित गर्दै आजदेखि सुनुवाइ सुरु गर्ने निर्णय गरेको थियो ।