२६ असार २०८३, शुक्रबार

अमेरिकामा मुनामाथि गोली चलाउने व्यक्तिको विवरण सार्वजनिक

7.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । अमेरिकामा हत्या भएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिको विवरण प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीले मुनाको हत्या बोबी सिंह शाहले गरेको उल्लेख गर्दै मुद्दा दायर गरेको हो । ५१ वर्षीय शाहलाई प्रहरीले तस्वीर सार्वजनिक भएपछि प्राप्त सूचनाका आधारमा ट्राफिकमा रोकिएको अवस्थामा पक्राउ गरेको थियो । शाह मुना मृत भेटिएको स्थानमा अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएपछि प्रहरीले तस्वीर सार्वजनिक गरेको थियो ।

अमेरिकाको टेक्सास राज्यको ह्युस्टनस्थित अपार्टमेण्टमा नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानेर हत्या गरिएको अवस्थामा सोमबार भेटिनुभएको थियो ।

नेपालमा भोजपुरकी पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुग्नुभएको थियो । २१ वर्षीया मुनाको हत्या किन भयो भन्ने बारे प्रहरी अहिले पनि अनुसन्धानमै रहेको छ ।