
सुनसरी, १४ भदौ । कोशी गाउँपालिका–४ मा बिहीबार चट्याङ लागेर दुई जना घाइते भएका छन् ।
स्थानीय ५० वर्षीय हदिस मियाँ र १८ वर्षीय अक्रम मियाँ घाइने भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
माछा मार्ने क्रममा हुरीबताससँगै परेको चट्याङबाट उहाँहरू घाइते हुनुभएको थियो । घाइतेमध्ये अक्रमको अवस्था गम्भीर रहेको छ भने दुवैजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया