
काठमाडौं, १२ भदौ । पत्रकार विक्रम सुनारको स्वर रहेको ‘निगाली झापो’ म्युजिक भिडिओ सार्वजनिक भएको छ ।
सुनार र गायिका प्रीति आलेको आवाजमा रहेको गीत कमल थापा युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । सुनारले यसअघि पनि आफ्ना केही गीतहरू बजारमा ल्याइसक्नुभएको छ ।
‘निगाली झाँपो’को लय तथा शब्द सिर्जना कलाकार भुवन बिकेले गर्नुभएको हो । गीतमा भुवन बिकेले नै संगीत संयोजन गर्नुभएको छ ।
म्युजिक भिडिओमा अस्मिता रनपाल, यशु भट्टराई, अजय बिके, भुवन बिके, विक्रम सुनारलगायतको अभिनय रहेको छ ।
म्युजिक भिडिओको निर्देशन कमल थापाले गर्नुभएको हो भने छायांकन सुमन थापा र विकास थापाले गर्नुभएको छ । भिडिओ सम्पादन भने सुमन थापाले गर्नुभएको हो ।








प्रतिक्रिया