१३ असार २०८३, शनिबार

मेरो करियरको अन्त्य अल नासरमै हुनेछ : रोनाल्डो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफूले अल नासरबाटै सन्यास लिने बताएका छन् । ३९ वर्षीय रोनाल्डोले पोर्चुगलको च्यानलसँग कुरा गर्दै आफूले केही वर्षमा सन्यास लिने बताउँदै रोनाल्डोले सम्भवत आफ्नो अन्तिम क्लब अल नासरनै हुने बताएका छन् ।

रोनाल्डोले आफू अल नासरमा खुशी रहेको बताउँदै साउदी लिग र देश दुवैमा आफू खुशीसाथ बसिरहेको प्रतिक्रिया दिएका छन् । रोनाल्डोले भनेका छन्, ‘मलाई थाहा छैन मैले कहिले सन्यास लिन्छु । त्यो छिट्टै, दुई/तीन वर्षपछि पनि हुन सक्छ । तर यो अल नासरमै हुनसक्छ । यो टिमसँग म अहिले खुशी छु । म लिग र देश दुवैसँग अहिले खुशी छु । त्यसैले मैले मेरो करियर अल नासरमै अन्त्य गर्नेछु ।’

साथै, रोनाल्डोले आफू भविष्यमा कुनै फुटबल टिमको प्रशिक्षक बन्ने कुरालाई अस्वीकार गरेका छन् । रोनाल्डो कुनै पनि फुटबल टिमलाई व्यवस्थापन गर्ने विषय जटिल विषय भएकोले आफूले अहिलेसम्म यस बारेमा नसोचेको बताएका छन् । उनले भनेका छन् ‘मेरो दिमागमा, म कुनै फुटबल टिमको मुख्य प्रशिक्षक बन्ने कुरा नै छैन ।’ साथै, रोनाल्डोले आफूले भविष्यमा फुटबल भन्दा बाहिर नै केही गर्ने बताएका छन् ।

२०२३ को जनवरीमा साउदी प्रो लिग क्लब अल नासरमा आएका रोनाल्डोले अहिलेसम्म कुनै ट्रफी नजिते पनि आफ्नो खेलबाट प्रभावित भने पारिरहेका छन् ।  उनले अल नासरका लागि अहिलेसम्म ६७ खेल खेल्दै ६१ गोल गरेका छन् भने १६ गोल असिस्ट गरेका छन् ।