१२ असार २०८३, शुक्रबार

साफ यू–२० च्याम्पियनसिपको ट्रफी सार्वजनिक

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा साफ यू–२० च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरिएको हो ।

साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलको छिनोफानो टाइब्रेकरबाट भएको थियो भने जसमा भुटानलाई ४–१ ले हराउँदै नेपालले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

नेपाल र भुटानबीचको निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएको थियो । साविक विजेता भारतलाई हराउँदै बंगलादेश साफ यू–२० च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको हो ।

सोमबार भएको सेमिफाइनलमा बंगलादेशले भारतलाई टाइब्रेकरमा पराजित ग¥यो । बंगलादेशले उपाधिका लागि नेपालसँग खेल्नेछ ।