३ असार २०८३, बुधबार

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।

मंगलबार सुन स्थिर रहँदै तोलामा एक लाख ५२ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार सुनको मूल्य १ लाख ५२ हजार ३ सयमै कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।