१ असार २०८३, सोमबार

युभेन्टसको लगातार दोस्रो जित

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । इटालियन सिरी ए फुटबलमा युभेन्टसले लगातार दोस्रो जित निकालेको छ । सोमबार राति भएको खेलमा युभेन्टसले भेरोनालाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसको जितमा डुआन भालोभिकले २ गोल गर्दा निकोलो साभोनाले एक गोल थपेका थिए । भेरोनाको मैदानमा पाहुना टोली युभेन्टसले २८औं मिनेटमा अग्रता लिएको थियो । भालोभिकले केनन एल्डिजको पासमा गोल गरेका थिए ।

३९औं मिनेटमा निकोलो साभोनाले स्यामुएल जर्मेन तासिफुन्डाको पासमा गोल गरेपछि पहिलो हाफमा युभेन्टस २–० ले अघि रहेको थियो । ५३औं मिनेटमा भालोभिकले पेनाल्टीमा गोल गरेपछि युभेन्टस ३–० को अग्रता बनाउन सफल भयो । सोही अग्रता अन्तिमसम्म जोगाउँदै यो सिजनमा लगातार दोस्रो जीत निकाल्न सफल भयो । भेरोनाको भने यो पहिलो हार हो ।

इटालियन सिरी ए कै अर्को खेलमा काग्लीअरी र कोमोले एकएक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।