२५ असार २०८३, बिहिबार

इङल्याण्डका पूर्वप्रशिक्षक एरिक्सनको निधन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । इङल्याण्डका पूर्वप्रशिक्षक स्वेन गोरान एरिक्सनको ७६ वर्षको उमेरमा निधन भएको छ ।

परिवारले जारी गरेको एक विज्ञप्तिमा एरिक्सनको निधन भएको जानकारी दिइएको हो । गत जनवरीमा इरिक्सनलाई क्यान्सर भएको खुलासा भएको थियो ।

एरिक्सनले सन् २००१ देखि २००६ सम्म इङल्याण्डको राष्ट्रिय टिमको प्रशिक्षक बन्नुभएको थियो । आफ्नो पाँचवर्षे कार्यकालमा उहाँ २००६ को फिफा विश्वकपमा इङल्याण्डको प्रशिक्षक हुनुहुन्थ्यो । विश्वकप पछि उहाँले इङल्याण्डको प्रशिक्षक छोडेर म्यानचेस्टर सिटीको प्रशिक्षक बन्नुभएको थियो ।

उहाँ आफ्नो क्यरियरको पछिल्लो पटक २०१८ देखि २०१९ सम्म फिलिपिन्सको प्रशिक्षक बन्नुभएको थियो ।