
काठमाडौं, १० भदौ । पूर्व पश्चिम राजमार्गसंग जोडिएको रौतहटको चन्द्रपुर स्थित टाटा सुमो र मोटरसाईकल एक आपसमा जुध्दा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।
चन्द्रपुर ४ स्थित राजमार्गमा धन्सार पुल छेउमा पश्चिमबाट पूर्व जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ च ५३१ नम्बरको यात्रुबाहक टाटा सुमो र पूर्वबाट पश्चिम तर्फ जादै गरेको प्रदेश १–०२–०४३ प ८०२५ नम्बरको मोटरसाईकल एक आपसमा जुध्दा दुईजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाईकलमा सवार सुनसरी जिल्ला धरान उपमहानगरपालिका–१५ का ३३ बर्षिय तुलसी ओझा र मोरङ्ग जिल्ला सुन्दरहरैचा नगरपालिका–११ का बिबस सापकोटा रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले बताउनु भएको छ । टाटा सुमोको ठक्करबाट गम्भीर घाईते दुवैजनालाई उपचारको लागि स्थानीय सिभिल अस्पतालमा उपचारका लागि लैजाँदा डाक्टरले मृत घोषणा गरेको डिएसपी राईले बताउनुभयो ।
ठक्कर दिएको टाटा सुमो ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको नियन्त्रणमा रहेको छ । मृतक दुवैजनाको शब पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ केन्द्र चन्द्रनिाहपुरमा पठाईएको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया