
काठमाडौं, ९ भदौ । डेडिकेटेड र ट्रंकलाइनको बक्यौता विवादमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गर्न निर्देशन दिने कि नदिने भन्ने विषयमा संसदको सार्वजनिक लेखा समितिमा चर्काचर्की भएको छ।
आइतबार बसेको समितिको बैठकमा घिसिङलाई कारबाहीका लागि निर्देशन दिने कि नदिने भन्ने विषयमा समितिका सभापति ऋषिकेश पोखरेल र नेकपा (माओवादी केन्द्र) सांसदबीच भनाभन भएको हो।
सभापति पोखरेलले समितिका सदस्यहरुलाई सोध्दै नसोधी निर्णय गर्न खोजेको भन्दै माओवादी सांसद अमनलाल मोदी आक्रोशित हुनु भएको थियो । सभापति पोखरेलले आफू बेइमानी गर्नेलाई कारबाही गर्ने पक्षमा रहेको बताउनु भएको थियो ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–









प्रतिक्रिया