१८ असार २०८३, बिहिबार

नेपाल साफ यू-२० च्याम्पियनसिपको फाइनलमा

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । नेपाल काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

नेपालले पेनाल्टी सुट आउटमा भुटानलाई ४-१ ले पराजित गर्दै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको हो । पेनाल्टी सुट आउटमा नेपालका गोलकिपर जियाराथ सेखले दुई पेनाल्टी बचाउनु भएको थियो ।

यसअघि निर्धारित ९० मिनेटको खेलमा दुवै देशले १-१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको थियो ।

अब नेपालले फाइनलमा भारत र बंगलादेशको विजेतासँग खेल्ने छ । भारत र बंगलादेशबीचको दोस्रो सेमिफाइनल खेल सोमबार हुँदैछ ।