२१ असार २०८३, आइतबार

साफ यू–२० च्याम्पियनसिपको फाइनलमा पुग्न नेपाल र भुटान भिड्दै

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । काठमाडौंमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनल खेलमा आज नेपाल र भुटानबीच प्रतिस्पर्धा हुँदैछ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा खेलाइने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

नेपाल समूह ‘ए’का दुवै खेल जितेर विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका हो भने भुटान समूह ‘बी’को उपविजेता बन्दै समिफाइनलमा पुगेको हो ।

दोस्रो सेमिफाइनल खेल सोमबार भारत र बंगलादेशबीच हुनेछ ।

प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ ।