
काठमाडौं, ९ भदौ । स्पेनिस ला लिगमा बार्सिलोनाले लगातार दोस्रो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक बिलबाओलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा युवा स्टार खेलाडी लामिन यामल र भेट्रान खेलाडी रोबर्ट लेवान्डोस्कीले एक एक गोल गरेका थिए । बिलबाओको तर्फबाट ओहिन सानसेटले पेनाल्टीमा गोल फर्काए ।
२४औं मिनेटमा यामलले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर ४३औं मिनेटमा एथ्लेटिकका लागि पेनाल्टीमा सानसेटले बराबरी गोल गरे । ७५औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि अन्ततः बार्सिलोना २–१ गोलको जित निकाल्न सफल भयो । बार्सिलोनाको लगातार दोस्रो जित हो भने एथ्लेटिक बिलबाओले पहिलो हार बेहोरेको छ ।
ला लिगाकै अन्य खेलमा रियल सोसिडाडले इस्पानियोललाई १–० गोल अन्तरले पराजित गर्दा गेटाफेर भ्यालेन्सियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
त्यसैगरी, ओसासुनाले मालोर्कालाई १–० गोल अन्तरले स्तब्ध बनाएको छ ।







प्रतिक्रिया