२९ आश्विन २०८३, बिहिबार

हेटौंडामा वडा स्तरीय टी-२० क्रिकेट प्रतियोगिता हुने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, ८ भदौ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-८ मा वडा स्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । आउँदो भदौ २९ गतेदेखि असोज ५ गतेसम्म वडा स्तरीय टी-२० क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

नेकपा (एमाले)ले खेलकुदको माध्यमबाट स्वस्थ नागरिक निमार्ण गर्ने अभियानअन्तर्गत एमालेको जनवर्गीय संगठन नेपाल खेलकुद महासंघ वडा नं.८ को आयोजनामा हुने प्रतियोगिता चन्द्रोदय माध्यमिक विद्यालय हेटौंडा-८ को खेल मैदानमा हुने आयोजकले जानकारी दिएको छ ।

नेकपा (एमाले) हेटौंडा–८ नं. वडा कमिटीको व्यस्थापन तथा धर्मराज पुडासैनीको संयोजकत्वमा ३१ सदस्यीय क्रिकेट खेल सञ्चालन तथा व्यवस्थापन मुल समिति र ५ वटा विभिन्न उपसमितिहरु गठन गरी वडा स्तरीय टी-२० किकेट प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

खेलमा हेटौंडा उपमहानगर पालिका भित्र रहेका १९ वडाका २० देखि २२ वटा क्रिकेट टिमहरुको सहभागिता रहने अनुमान आयोजकले लिएको छ । प्रतियोगितामा प्रथम हुने समूहलाई नगद रु.५० हजार, द्वितिय हुने समूहलाई २५ हजार, उत्कृष्ट मार्च पास गर्ने क्रिकेट टिमलाई विविध पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने छ ।

त्यस्तै, उत्कृष्ट खेलाडी तथा लामो समयदेखि खेल क्षेत्रमा लागेका व्यक्तित्वलाई सम्मान पत्र वितरण गरिने खेल संयोजक धर्मराज पुडासैनीले बताउनुभयो ।

खेल सम्पन्न गर्नलाई ३ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । प्रत्येक किकेट टिमलाई इन्ट्री शुल्क बापत रु. ५ हजार लाग्ने आयोजकले जनाएको छ ।