
काठमाडौं, ८ भदौ । बेल्जियमका फरवार्ड रोमेलु लुकाकु इटालियन क्लब नापोली जाने निश्चित भएको छ ।
हाल चेल्सीका खेलाडी रहेका लुकाकुले गत सिजनमा इटालियन सिरी ए क्लब एएस रोमाबाट लोनमा खेलेका थिए । चेल्सीले लुकाकुलाई आफ्नो प्राथमिकतामा नराख्ने भएपछी उनले नापोलीसँग तीन वर्षको सम्झौता गरेको बताइएको छ ।
गत सिजनमा रोमाका लागि लुकाकुले ४७ खेल खेल्दै २१ गोल गरेका थिए ।
लुकाकु र नापोलीको व्यवस्थापनबीच सहमति भएको र अब औपचारिक सम्झौताको प्रक्रिया अगाडि बढाइएको मिडिया रिपोर्टमा उल्लेख छ ।
नापोलीले लुकाकुका लागि चेल्सीलाई ३० मिलियन युरो तिर्न सहमत भएको बताइएको छ ।
त्यस्तै, लुकाकुले नापोलीमा वार्षिक ६ मिलियन युरो पारिश्रमिक लिनेगरी सहमति भएको छ ।









प्रतिक्रिया