
काठमाडौं, ७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गोरखा मिडिया नेटवर्कमा सहकारीबाट आएको ऋणको जिम्मा आफूले नलिने बताउनुभएको छ ।
सहकारी बचत अपचलन संसदीय विशेष छानबिन समितिमा बयान दिँदै उनले आफूले गोरखा मिडिया नेटवर्कमा कुनै लगानी नगरेको भन्दै १५ प्रतिशत ‘स्वेट सेयर’ लिएको बताउनुहुँदै आफूले ऋणको जिम्मा नलिने बताउनुभएको हो ।
उहाँले ऋण निकाल्न आफू सहकारी सदस्य पनि नरहेको साथै आफ्नो हस्ताक्षर र नागरिकता प्रयोग नगरिएको दावी पनि गर्नुभएको छ ।
‘म सहकारीको सदस्य हैन र कुनै पनि लोन सहकारीबाट लिएको छैन । म सहकारीबाट मिडियाले लिएको लोनको जिम्मा लिन सक्दिनँ‚’ उहाँले भन्नुभयो ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–








प्रतिक्रिया