२४ जेष्ठ २०८३, आइतबार

साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पूरा, नेपालले अब भुटानसँग खेल्ने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पुरा भएको छ । शुक्रबार सम्पन्न समुह चरणका खेल सकिएपछि सेमिफाइनलको समीकरण पुरा भएको हो ।

समुह चरणको अन्तिम खेलमा आज समुह बी मा भारतले माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गरेको छ ।

यो जितपछि भारत समुह बिजेता हुदै सेमिफाइनलमा पुगेको छ भने भुटान उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ । त्यस्तै श्रीलंका र माल्दिभ्स भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

अब सेमिफाइनलमा नेपालले भुटानको सामना गर्ने छ र यो खेल आइतबार हुनेछ । त्यस्तै अर्को सेमिफाइनलमा भारत र बंगलादेश खेल्ने छन् । दोस्रो सेमिफाइनल सोमबार हुने छ ।

प्रतियोगिताको फाइनल खेल बुधबार हुने तालिका रहेको छ ।