२५ जेष्ठ २०८३, सोमबार

रोनाल्डोको गोलका बाबजुद बराबरीमा रोकियो अल नासर

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । साउदी प्रो लिगको नयाँ सिजन सुरु भएको छ । गएराति सम्पन्न साउदी लिगको खेलमा अल नासर बराबरीमा रोकिएको छ । अल नासरलाई अल राएदले १-१ गोलको बराबरीमा रोकेको हो ।

अल नासरका लागि क्रिस्टियानो रोनाल्डोले खेलको ३४औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएपनि अग्रता जोगाउन नसक्दा अंक बाड्नु परेको थियो ।

अल राएदका लागि मोहमद फौजैरले खेलको ४९औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए । यो खेलपछि दुवै क्लबले एकएक अंक हासिल गरेका छन् ।