१७ असार २०८३, बुधबार

‘एक्टर’को फस्टलुकमा प्रदीपका पाँच लुक्स

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । फिल्म ‘एक्टरः टेक वान’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का फिचर्ड हुनुहुन्छ ।

पोस्टरमा प्रदीपका पाँच तस्वीर छन् । घाइते तस्वीर, नेपाली पोसाकमा रहेको तस्वीर, पाइलटको पोसाकमा रहेको तस्वीर, लामो कपालमा क्याजुल पोसाकमा रहेको तस्वीरर हल्का जाडोमा स्वेटर लगाएका पाँच लुकमा प्रदीप फिचर्ड हुनुहुन्छ ।

यी मध्ये टाउका र अनुहारभरी चोट लागेको तस्वीरले पोस्टरमा प्राथमिकता पाएको छ । जसमा उहाँको टाउकोमा ब्यान्डेज बाँधेको छ । हातमा प्लास्टर छ । जुन हात उहाँले काँधमा झुण्डाउनुभएको छ । उभिनलाई बैसाखीको सहारा लिनुभएको छ । जसले उहाँ ठूलै दुर्घटना वा कुनै आक्रमणमा परेको संकेत गर्छ । यी मध्ये कुन लुकको क्यारेक्टरले फिल्ममा प्राथमिकता पाएको छ, त्यो भने प्रष्ट छैन ।

कात्तिक १५ गते रिलिज हुने फिल्ममा प्रदीपसँगै डेब्यू अभिनेत्री दिव्या रायमाझी मुख्य भूमिकामा हुनुहुन्छ ।

राजन भुसालको निर्देशन रहेको फिल्ममा आना शर्मा, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौला उषा रजक, सिर्जना अधिकारी, अनुज पाण्डे, बादल भट्ट, प्रदीप कुमार चौधरी (पीके), देवेन्द्र नेपाललगायत रहनुभएको छ । राज बल्लभको यो कमब्याक फिल्म हो ।

अभिनेता खड्काले पहिलो पटक फिल्मको पर्दामा आना र दिव्यासँग सहकार्य गर्न लाग्नुभएको हो । थमन कुमारी भण्डारी फिल्मका निर्माता हुनुहुन्छ । पोस्टर डिजाइन रोयल भीमसेनले गर्नुभएको हो ।

अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा रहेको फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गर्नुभएको छ । फिल्मको लाइन प्रोड्युसरमा तोरन क्षेत्री हुनुहुन्छ ।

फिल्मका लेखक आकाश बराल र राजन भुसाल हुनुहुन्छ । ट्राइडेन कन्सेप्टको पब्लिसिटी तथा पोस्टर डिजाइनमा रोयल भीमसेन र सुजन श्रेष्ठ हुनुहुन्छ । शिशिर खाती र किरण थापा कोरियोग्राफी रहेको फिल्ममा अष्टम महर्जनको द्वन्द्व कृष्णमान तामाङको आर्ट डिरेक्सन, हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीको संगीत रहेको छ ।

मुख्य सहायक निर्देशकमा आकाश उखेडा र राजेश विश्वकर्मा रहेको फिल्ममा सहनिर्देशकमा विशाल जंग, समय थपलिया, जीवन ढुंगेल, सुमन कार्की रहनुभएको छ । फिल्ममा काव्य थापाको मेकअप, बसन्त बुढा र अनिका श्रेष्ठको कस्ट्युम डिजाइन रहेको छ ।

फिल्ममा निमेश श्रेष्ठको सम्पादन, राजेन्द्र मुक्ताङको कलर, सायल खानको पोट प्रोडक्सन सुपरभाइजर, रेलिजा श्रेष्ठको प्रोडक्सन डिजाइनर, नविन श्रेष्ठको साउण्ड, रोमन बज्राचार्यको ब्याकराउण्ड स्कोर, विवेक खकुरेलको सोसल मिडिया म्यानेजर, सोसल मिडिया कन्सेप्ट राइटरमा ज्ञानु संगम खड्का रहनुभएको छ ।