१० असार २०८३, बुधबार

समीक्षा अधिकारीको नयाँ गीत सार्वजनिक (भिडिओ)

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । गायिका समीक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘के हेरेको टुलु टुलु’को भिडिओ सार्वजनिक भएको छ ।

गीतमा नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको संगीत, श्यामस्वेत रसाइलीको एरेन्ज र गोविन्द अनेकको रेकर्डिङ छ ।

गीतको भिडिओमा सलोन बस्नेत, नाजिर हुसेन र आश्मा विश्वकर्मा फिचर्ड हुनुहुन्छ । भिडियोमा आश्माको प्रेम पाउन सलोन र नाजिरले गरेको संघर्षलाई देखाइएको छ । भिडिओमा तीनै जना कलाकारलाई रोमान्टिक भावमा देख्न सकिन्छ । रोमान्टिक भावको गीतको भिडिओमा गायिका समीक्षा पनि फिचर्ड हुनुहुन्छ ।

गम्भीर विष्टको निर्देशन रहेको भिडियोमा सुवास तिमल्सिनाको मेकअप, कुसुम बुटिकको पहिरन, मनिक पाख्रिनको कला निर्देशन, सुभम भुजेलको कोरियोग्राफी, सुरेन्द्र बसेलको सहायक निर्देशन र शम्भु श्रेष्ठको प्रोडक्सन छ ।

भिडिओ समीक्षा अधिकारी अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।