
काठमाडौं, ५ भदौ । काठमाडौंमा जारी साफ यू-२० च्याम्पियनसिपअन्तर्गत आज समूह ‘बी’ अन्तर्गत माल्दिभ्स र भुटान खेल्दै छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न ३ बजेदेखि सुरु हुँदैछ । आइतबारदेखि सुरु भएको प्रतियोगिताको समूह ‘ए’बाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् भने श्रीलंका बाहिरिएको छ ।
त्यस्तै, सोमबार भएको समूह ‘बी’को खेलमा भारतले भुटानलाई १-० गोलले पराजित गरेको थियो । भुटानले आजको खेल जित्नैपर्ने अवस्थामा खेल्दैछ । आजको खेल भुटानले हारेमा प्रतियोगिताबाट बाहिरिने छ ।
नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समूह ‘ए’मा बंगलादेश र श्रीलंकासँग रहेको छ भने समूह ‘बी’मा भारत, भुटान र माल्दिभ्स रहेका छन् ।
त्यस्तै, नेपालले भने समूह चरणको अर्को खेल बिहीबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।









प्रतिक्रिया