२० असार २०८३, शनिबार

मकवानपुर जिल्ला ब्याडमिन्टन प्रतियोगिता भदौ २७ देखि

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ५ भदौ । मकवानपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भदौ २७ गतेदेखि जिल्लास्तरिय रनिङशिल्ड अन्तर विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

हेटौंडा–११ स्थित थानाभर्‍यााङको कभर्डहलमा भदौ २७ देखि २९ गतेसम्म यू–१३ र यू–१७ छात्र–छात्रा ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो ।

जिल्ला ब्याडमिन्टन संघको कार्यसमितिको बैठकले प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । प्रतियोगितामा सहभागी हुनका लागि भदौ २५ गतेसम्म नाम दर्ता गराइसक्नुपर्नेछ । प्रतियोगिताको पुरस्कार राशिबारे पछि निर्णय गरिने संघका सदस्य नरेन्द्र मोक्तानले जानकारी दिनुभयो ।

ब्याडमिन्टन खेलाडी तथा उद्यमी स्वर्गीय बीके बोसको स्मृतिमा पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिताका लागि १ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।