
काठमाडौं, ४ भदौ । काठमाडौंमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबलमा आज मंगलबार समूह ‘ए’ का बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ ।
आज हुने खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ । जारी च्याम्पियनसिपमा बंगलादेश आफ्नो पहिलो खेल खेल्न लागेको हो । श्रीलंकाले भने दोस्रो खेल खेल्दैछ ।
श्रीलंका पहिलो खेलमा नेपालसँग १-० गोलले पराजित भएको थियो । आज पराजित भएको खण्डमा श्रीलंका समूहचरणबाटै बाहिरिनेछ ।
श्रीलंका पराजित हुँदा वा बराबरीमा मात्रै सिमित रह्यो भने पनि नेपाल भने एक खेल अगावै सेमिफाइलनमा प्रवेश गर्नेछ ।
नेपालले समूहको दोस्रो खेल बिहीवार बंगलादेशसँग खेल्नेछ । सोमबार भएको समूह ‘बी’को खेलमा साविक विजेता भारतले भुटानलाई १–० गोलले हराएको थियो ।








प्रतिक्रिया