३० जेष्ठ २०८३, शनिबार

साफ यू-२० च्याम्पियनसिपमा भारतको विजयी सुरुवात

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । साफ यू-२० च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ ।

सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समूह ‘बी’को खेलमा भारतले भुटानमाथि १–० गोलको कठिन जित निकालेको हो । खेलको ३७ मिनेटमा भारतका मनिरुल मल्लले गरेको गोल निर्णायक सावित भएको हो । उनले कर्नर बलमा हेडमार्फत् गोल गरेका थिए ।

गोल गरेपछि उनले भारतको कोलकातामा डाक्टरको बलात्कारपछि हत्या भएको घटनाको ’पीडितलाई न्याय’ लेखिएको टिसर्ट देखाएका थिए । खेलमा भुटानले इन्जुरी समयको अन्तिम मिनेटमा बराबरी गर्ने अवसर गुमाएको थियो।

भुटानका कप्तान पेमाको प्रहार पोलमा लागेको थियो । प्रतियोगितामा भोलि समूह ‘ए’ को खेलमा श्रीलंका र बंगलादेश खेल्नेछन् ।