२८ जेष्ठ २०८३, बिहिबार

साफ यू-२० च्याम्पियनसिपमा भारत र भुटान भिड्दै

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । काठमाडौंमा जारी साफ यू-२० च्याम्पियनसिपअन्तर्गत आज साविक विजेता भारतले भुटानसँग खेल्दै छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने समूह बी अन्तर्गतको यो खेल अपराहन्न ३ बजेदेखि सुरु हुँदैछ ।

आइतबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा समूह ‘ए’ मा रहेको नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

नेपालसहित ६ देशले भाग लिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ बंगलादेश र श्रीलंकासँग रहेको छ भने समूह ‘बी’ मा भारत, भुटान र माल्दिभ्स रहेका छन् ।

त्यस्तै, नेपालले भने समूह चरणको अर्को खेल बिहीबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।