१४ असार २०८३, आइतबार

म्यानचेस्टर सिटीको विजयी सुरुवात

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । म्यानचेस्टर सिटीले इङलिस प्रिमियर लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ ।

गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई २-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्ड र माटेओ कोभाकिकले एकएक गोल गरेका थिए ।  हालाण्डले खेलको १८औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए भने कोभाकिकले खेलको ८४औं मिनेटमा गोल गरेका थिए ।

यो जितपछि डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले महत्वपूर्ण ३ अंक हासिल गर्दै नयाँ सिजनको सुरुवात गरेको छ भने चेल्सीले हारबाट नयाँ सिजनको सुरुवात गरेको छ ।