
काठमाडौं, ३ भदौ । स्पेनिस ला लिगाअन्तर्गत रियल म्याड्रिड नयाँ सिजनको पहिलो खेलमा बराबरीमा रोकिएको छ ।
गएराति सम्पन्न खेलमा रियल म्याड्रिड मल्लोर्कासँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
रियल म्याड्रिडका लागि खेलको १३औं मिनेटमा रोड्रीगोले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए तर खेलको ५३औं मिनेटमा मल्लोर्काका भेदात मुरिकीले गोल गर्दै खेल बराबरी गरेका थिए ।
यस खेलमा रियल म्याड्रिडका फेर्लान्ड मेन्डीले दोहोरो पहेलो कार्ड पाएपछि खेलको ९० मिनेटपछिको इन्जुरी समयमा मैदान छोडेका थिए ।
यो बराबरीपछि रियल म्याड्रिड र मल्लोर्काले एकएक अंक बाँडेका छन् र दुवैले नयाँ सिजनमा औसत सुरुवात गरेका छन् । यसै खेलबाट किलीयन एम्बाप्पेले ला लिगामा डेब्यूसमेत गरेका छन् ।








प्रतिक्रिया