२७ जेष्ठ २०८३, बुधबार

माधवी अर्यालको ‘माइतै रमाइलो’मा केकी अधिकारी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । हिन्दु नारीहरुको महानपर्व हरितालिका तीज आउन केही हप्ता बाँकी भएसँगै तीजका गीतहरुको म्युजिक भिडियोहरु सार्वजनिक गर्ने क्रम निकै बढेको छ । यस्तैमा नायिका केकी अधिकारी अभिनित मौलिक तीज गीत ‘माइतै रमाइलो’को भिडियो सार्वजनिक भएको छ ।

गीतकार शीतल कादम्बिनीको शब्द रचना, गायिका माधवी अर्यालको स्वरमा रहेको गीतमा माइतीमा तीज मनाउँदा हुने रमाइलो पक्षलाई चित्रित गरिएको छ ।

पछिल्लो समय आएका विकृति र अश्लील खाले तीजको गीतबाट दिक्क भएका श्रोता, दर्शकका लागि यो गीत एउटा मौलीक र सन्देश मुलक हुने निर्माण पक्षको दाबी छ ।

हरि लम्सालद्वारा संगीतबद्ध गीतको भिडियोलाई टुवेल नोट्सको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो । निकेश खडका निर्देशित भिडियोमा हरि हुमागाईंको छायांकन र विकास धमलाको सम्पादन रहेको छ ।