१५ असार २०८३, सोमबार

प्रिमियर लिगमा आर्सनलको विजयी सुरुवात

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । आर्सनलले प्रिमियर लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । शनिबार राति सम्पन्न खेलमा आर्सनलले वोल्भ्सलाई २(० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

आर्सनलको जितमा काई हावर्ट्ज र बुकायो साकाले एकएक गोल गरेका थिए । खेलको २५औं मिनेटसमा हावर्ट्जको गोलमा आर्सनलले सुरुवाती अग्रता लिएको थियो । त्यसपछि खेलको ७४औं मिनेटमा साकाले अग्रता दोब्बर बनाएका थिए । यो जितपछि आर्सनलले महत्वपूर्ण ३ अंक बटुलेको छ र नयाँ सिजनको शानदार सुरुवात गरेको छ ।