१९ असार २०८३, शुक्रबार

‘नरसिंहाः अवतार’मा दीपा शाही र सरोज खनाल अनुबन्धित

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्म ‘नरसिंहाः अवतार’मा कलाकारहरुको रोचक लाइनअप तयार हुने क्रम जारी छ । यसको निर्माणपक्षले फिल्मका लागि अहिलेसम्म तीन जना मुख्य पात्रहरु फाइनल गरेको हो । एक्सन तथा सोसल ड्रामामा बन्ने यो फिल्मको शीर्षमध्ये एक भूमिकामा दीपा शाही र सरोज खनाल अनुबन्धित हुनुभएको छ ।

निर्माणपक्ष र उहाँहरुबीच लिखित सम्झौता भइसकेको छ । निर्माणपक्षले यो फिल्ममा दीपा र सरोजको कस्तो भूमिका छ भन्ने विषयमा भने केही पनि खुलाइएको छैन ।

यही फिल्मबाट ८ वर्षपछि महानायक राजेश हमाल कमब्याक गर्दै हुनुहुन्छ । आठ वर्षभन्दा धेरै समयपछि हमाल फिल्ममा फर्किने खबरले यतिबेला नेपाली फिल्मवृत तताएको छ । यो फिल्म उहाँसँगै दर्शक दुवैका लागि विशेष हुने पक्का छ । जसकारण यो फिल्म प्रतिक्षित बन्ने निश्चित छ ।

फिल्म ‘क्याप्टेन’पछि दिवाकरको फिल्ममा सरोजले अभिनय गर्न लाग्नुभएको हो । फिल्ममा हमालपछि यसअघि नै निती शाह, सनिशा भट्टराई अनुबन्धित भइसक्नुभएको छ । सनिशाको यो दोस्रो फिल्म हो । उहाँको डेब्यू अभिनय रहेको फिल्म १२ गाउँ फूलपातीमा रिलिज हुँदैछ ।

क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने फिल्म यही भदौबाट छायांकनमा जाने तयारीमा रहेको छ । फिल्मको लगानी तीन करोडभन्दा माथि हुने बताइएको छ ।

निर्देशक भट्टराईको अर्को फिल्म ‘मायावी’ प्रदर्शनको तयारीमा छ ।