
काठमाडौं, ३१ साउन । आज भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएकी भनिएकी सुष्मा नेपाली सम्पर्कमा आउनुभएको छ ।
ट्राफिक चेकजाँचका क्रममा स्कुटर रोकेको बेला पछाडिबाट मालबहाक ट्रकले ठक्कर दिँदा एक युवतीको मृत्यु भएको थियो । प्रहरीले मृत्यु हुनेमा स्कुटर चालक दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर-४ घर भई काठमाडौंको बागबजार बस्ने २३ वर्षीया सुष्मा नेपाली भएको भन्दै सनाखत गरेको थियो । तर प्रहरीले गरेको सनाखत खलत पाइएको हो ।
सुष्मा नेपाली नामक युवती प्रहरी सम्पर्कमा आएर मृत्यु हुने सुष्मा नेपाली नभइ आफ्नी बहिनी भएको बताउनुभएको भक्तपुरका डिएसपी राजन कार्कीले बताउनुभयो ।
‘शवको सनाखत भएको छैन। अघि घटना भएपछि एक जनाले मेरो बहिनी सुष्मा नेपाली हो भन्दै आएका थिए। कपडा र चप्पलले गर्दा कन्फ्युज भएको होला, हामीले उनलाई सोधपुछ गरिरहेका छौं,’ उहाँले भन्नुभयो, ‘दुर्घटनामा परेकी भनिएकी सुष्मा नेपाली नै हाम्रो सम्पर्कमा आएर आफ्नो परिचय खुलाएकी हुन्।’








प्रतिक्रिया