
काठमाडौं, ३१ साउन । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएकी युवतीको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा दोलखाको मोलुङ गाउँपालिका वडा नम्बर ४ घर भई काठमाडौंको बागबजार बस्ने २३ वर्षीया सुष्मा नेपाली हुन्।
ट्राफिक चेकिङमा बसिरहेकी उहाँलाई ट्रकले पछाडिबाट ठक्कर दिएको थियो । ठक्कर दिने ट्रकका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।








प्रतिक्रिया