३१ असार २०८३, बुधबार

‘नरसिंहाः अवतार’मा सनिशा भट्टराई अनुबन्धित

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । निर्देशक दिवाकर भट्टराई निर्देशन गर्न लागेको फिल्म ‘नरसिंहाः अवतार’ मा कलाकारहरुको लाइनअप बन्दै गएको छ । यसको निर्माणपक्षले फिल्मका लागि अहिलेसम्म तीन जना मुख्य पात्रहरु फाइनल गरेको हो ।

एक्सन तथा सोसल ड्रामामा बन्ने यो फिल्मको शीर्षमध्ये एक भूमिकामा सनिशा भट्टराई अनुबन्धित हुनुभएको छ । निर्माणपक्ष र उहाँबीच लिखित सम्झौता भइसकेको छ । निर्माणपक्षले यो फिल्ममा सनिशाको कस्तो भूमिका छ भन्ने विषयमा भने केही पनि खुलाइएको छैन् । आफूले निर्वाह गर्ने भूमिका र यो फिल्मलाई लिएर आफू उत्साहित रहेको जानकारी सनिशाले दिनुभयो ।

सनिशाको यो दोस्रो फिल्म हो । उहाँको डेब्यू अभिनय रहेको फिल्म १२ गाउँ फूलपातीमा रिलिज हुँदैछ । यही फिल्मबाट ८ वर्षपछि महानायक राजेश हमाल कमब्याक गर्दै हुनुहुन्छ । आठ वर्ष भन्दा धेरै समयपछि हमाल फिल्ममा फर्किने खबरले यतिबेला नेपाली फिल्मवृत तताएको छ । यो फिल्म उहाँसँगै दर्शक दुवैका लागि विशेष हुने पक्का छ । जसकारण यो फिल्म प्रतिक्षित बन्ने निश्चित छ ।

यस फिल्ममा निती शाह पनि यसअघि नै अनुबन्धित भइसक्नुभएको छ । क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने फिल्म यही भदौबाट छायांकनमा जाने तयारीमा रहेको छ । फिल्मको लगानी तीन करोडभन्दा माथि हुने बताइएको छ ।

निर्देशक भट्टराईको अर्को फिल्म ‘मायावी’ प्रदर्शनको तयारीमा छ ।