२१ असार २०८३, आइतबार

भ्रष्टाचारमा हदम्याद राख्ने विपक्षमा उभिने रास्वपाको निर्णय

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भ्रष्टाचारका सम्बन्धमा पाँच वर्षे हदम्याद राख्ने प्रस्तावको विपक्षमा उभिने निर्णय गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले हदम्यादको विपक्षमा उभिने निर्णय गरेको हो । ‘त्यो कुनै हालतमा स्वीकार्य हुँदैन । भ्रष्टाचारको मुद्दामा कुनैपनि बेला मुद्दा चल्न सक्छ ।

विगतमा गरेका भ्रष्टाचारबाट उन्मुक्ति पाउने दलहरूको प्रयास देखिन्छ । यसमा रास्वपालाई स्वीकार्य छैन र यसबारेमा पनि सदनमा उठाउने छौँ’, प्रमुख सचेतक सन्तोष परियारले भन्नुभयो ।

बैठकले प्रस्तावित जलन सम्बन्धी गैरसरकारी विधेयक अघि बढाउने निर्णय पनि गरेको छ ।