२१ जेष्ठ २०८३, बिहिबार

जोखिम र संवेदनशिल क्षेत्रमा घर बीमा कार्यक्रम लागू गर्ने कर्णाली सरकारको तयारी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, २८ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विपद्का कारण नागरिक घरवारविहीन अवस्थाको अन्त्य गर्न प्रदेश सरकारले जोखिम र संवेदनशिल क्षेत्रमा घर बीमा कार्यक्रम लागू गर्ने तयारी गरेको बताउनु भएको छ ।

कर्णाली प्रदेशसभामा प्रदेशसभा सदस्यहरूले विपद् सम्बन्धी उठाएका प्रश्नहरूको जवाफ दिदै मुख्यमन्त्री कडेलले विपद्का कारण भौतिक संरचना क्षति हुदाँ आफैले पुनर्निमाण गर्न नसक्ने नागरिक लक्षित गरि बिपद् घर बीमा कार्यान्वयनमा ल्याउन लागिएको बताउनु भएको हो ।

नेकपा (एमाले) का स्थायी कमिटी सदस्यसमेत रहनु भएका मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले विपद् जोखिम सामूहिक दुर्घटना बिमा बापत ३ सय ४५ जना मृतकका आफन्तलाई हालसम्म ६ करोड ९० लाख बीमा बापतको रकम उपलब्ध गराइएको जानकारी दिनुभयो ।

विपद् जोखिमको हिसावले कर्णाली प्रदेश अरू भन्दा संवेदनशिल र उच्च जोखिममा प्रदेश रहेकोले पूर्वतयारी तथा रोकथाकका कामहरूमा संघीय सरकार र स्थानीय तहसंग समन्वयात्मक रूप काम गरिरहेको र संभावित विपद्का घटनामा आवश्यक पर्ने राहत र उद्वारको लागि न्यूनतम रूपमा सामाग्रीको व्यवस्थापन गरिएको उहाँको भनाई छ ।