१७ असार २०८३, बुधबार

माओवादीको स्थायी कमिटी बैठकमा पार्टी कमिटीको आकार घटाउने प्रस्ताव

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा पार्टीकमिटीको आकार सानो बनाउनुपर्ने प्रस्ताव आएको बताउनु भएको छ ।

सोमबार पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठक पश्चात उहाँले बैठकमा नेताहरूले कमिटीको आकार घटाउनुपर्ने सुझाव राखेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘आज सबैले जोड दिएर भनेको कुरा के हो भने हाम्रो चिन्तनको धरातलमाथिउठ्नु पर्यो हाम्राछलफल बहस दर्शन, विचार, राजनैतिक सिद्धान्तमा बढी केन्द्रीत हुनुपर्यो र यसको साथै पार्टी कमिटी आलोचना, आत्मालोचना गर्न पनि धौधौ हुनेखालका ठूलाभए त्यो पार्टी कमिटी सानो बनाउनु पर्छ भन्ने छ ।’

यसको साथै, उहाँले पार्टी नेतृत्वको विषयमा विधिवत छलफलतिर जानुपर्ने सुझाव आएको भन्दै सबैको सामूहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्ति अहिले प्रचण्डबाट मात्रै हुन्छ भन्ने सबैले राखेको पनि जानकारी दिनुभयो ।

माओवादीको स्थायी कमिटी बैठक शुक्रबारदेखि जारी छ ।