३० जेष्ठ २०८३, शनिबार

बंगलादेशमा भएको अत्याचारविरुद्ध काठमाडौंमा प्रदर्शन

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउच । बंगलादेशमा अल्पसंख्यक समुदायमाथि भइरहेको आक्रमण र अत्याचार तत्काल बन्द गर्न नेपालस्थित बंगलादेशी राजदूतावास अगाडि प्रदर्शन भएको छ । सोमबार दिउँसो मानव अधिकार तथा शान्ति समाजद्वारा काठमाडौं बसुन्धारास्थित बंगलादेशी राजदूतावास अगाडि आधा घण्टा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा मानव अधिकार उल्लंघनका घटनामा निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गर, शान्ति र सद्भाव कायम गर, अल्पसंख्यक समुदायमाथि आक्रमण र अत्याचार बन्द गर, सद्भाव बिथोल्नेलाई दण्डित गर, स्वतन्त्र निष्पक्ष निर्वाचनमार्फत लोकतन्त्रको रक्षा गर, बंगलादेश स्वतन्त्रता बिरोधी कट्टरपन्थीहरुको कृडास्थल नबनोस, बंगलादेशः उदार लोकतान्त्रिक धारा अवलम्वन गर, अल्पसंख्यकको सुरक्षा गर लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

प्रदर्शन पश्चात शान्ति समाजका तर्फबाट बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद यूनुसलाई लेखिएको ज्ञापनपत्र नेपालस्थित बंगलादेशी राजदुत सलाहुद्धिन चौधरीलाई हस्तान्तरण गरिएको छ । पत्रमा सद्भावयुक्त, हिंसामुक्त र लोकतान्त्रिक मार्गमा योगदान गर्न र आन्दोलनका दौरान भएका मानव अधिकार उल्लंघनका जघन्य घटनाको निष्पक्ष छानवीन गरि दोषीहरुलाई कारबाही सुनिश्चित गर्न आग्रह गरिएको छ ।

अल्पसंख्यकहरुमाथि भइरहेको आक्रमण र अत्याचार शिघ्र रोक्न, अल्पसंख्यक लगायत सबै बंगलादेशी नागरिकहरुको सुरक्षाको प्रत्याभूति गर्न र शान्ति एवं सद्भाव कायम गर्ने दिशामा ठोस कदम चाल्न शान्ति समाजका तर्फबाट अन्तरिम सरकारलाई आग्रह गरिएको छ ।

प्रदर्शनमा शान्ति समाजका सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाई, महासचिव रेनुका पौडेल, सचिवद्वय रामप्रसाद जोशी र चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्यद्वय नम्रता खरेल र दिवाकर पुडासैनी, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी, ललितपुर शाखा सभापति मनबहादुर थापा, अधिकारकर्मीहरु उमा गौतम, रविना धमला, कल्पना थापा, मुना ढुंगाना, बटुकृष्ण ढुंगेललगायत दर्जनौ अधिकारकर्मीहरुको सहभागिता थियो ।