
ढाका, २७ साउन । सैयद रेफात अहमद बंगलादेशको नयाँ प्रधानन्यायाधीश हुनुहुने भएको छ ।
शनिबार, अगस्त १० को राति ९ बजे ढिलो उहाँको नियुक्ती हुने घोषणा गरिएको थियो । यसअघि दिउँसो प्रधानन्यायाधीश ओबैदुल हसनले राजीनामा दिएपछि प्रधानन्यायाधीश पद रिक्त अवस्थामा थियो । प्रधानन्यायधिस हसनको राजीनामा माग गर्दै आन्दोलनरत विद्यार्थीले शनिबार बिहानदेखि सर्वोच्च अदालत घेराउ गरेका थिए ।
त्यहाँ आन्दोलनकारीहरु ठूलो संख्यामा भेला भएका थिए । विद्यार्थीले भने, ‘प्रधानन्यायाधीशलगायत अन्य न्यायधिसले राजीनामा नगरे हसिनाजस्तै कुर्सीबाट बाहिर निकालिनेछन् ।’ आन्दोलनरत विद्यार्थीहरूले सर्वोच्च अदालतका न्यायाधीश हसिनासँग मिलेमतोमा रहेको आरोप लगाएका थिए । पूर्वप्रधानमन्त्री शेख हसिना गत अगस्ट ५ मा पदबाट राजीनामा दिएर देश छाडेर भारत भाग्नुभएको छ ।
यी न्यायाधीशहरूले अन्तरिम सरकारलाई कुनै जानकारी नदिई शनिबार सम्पूर्ण अदालतको बैठक बोलाएका थिए । बैठकका कारण आन्दोलनकारीले एक घण्टाभित्र न्यायाधीशको राजीनामा माग गरेका छन् । प्रधानन्यायाधीशले राजीनामा दिएपछि थप ५ जना न्यायाधीशले पद छाड्न सक्नेछन् । आन्दोलनकारीले ६ जना न्यायाधीशले राजीनामा नदिएसम्म सडक नछाड्ने अडान लिएका छन् ।








प्रतिक्रिया