
काठमाडौं, २७ साउन । गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ ।
शनिबार साँझ परिवारका सदस्यहरूले तिमल्सिनालाई भैंसेपाटीस्थित डेरामा बेहोस अवस्थामा फेला पारेपछि तत्काल पाटन अस्पताल लगेका थिए । तर, अस्पताल पुर्याउँदा चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए ।
‘नेपाली तारा’ गायन प्रतियोगिताबाट चर्चामा आउनुभएका तिमल्सिना भैंसेपाटीमा बस्दै आउनुभएको थिथो ।
‘प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ’ ‘नमान लाज यसरी’, ‘नआए नि हुन्थ्यो’लगायत उहाँका दर्जनौं गीतहरू लोकप्रिय छन् ।
तिमिल्सिनाको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने बताइएको छ ।








प्रतिक्रिया