२३ जेष्ठ २०८३, शनिबार

पेरिस ओलम्पिक : स्पेनले जित्यो पुरुष फुटबलमा स्वर्ण

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । पेरिस ओलम्पिकको पुरुष फुटबल प्रतियोगितामा स्पेनले स्वर्ण पदक हात पारेको छ ।

गएराति भएको रोमाञ्चक फाइनलमा स्पेनले घरेलु टोली फ्रान्सलाई ५-३ को गोल अन्तरले पराजित गर्‍यो । यो स्पेनको सन् १९९२ पछिको पहिलो ओलम्पिक स्वर्ण पदक हो ।

खेलको सुरुवात फ्रान्सको पक्षमा भयो, जब एन्जो मिलोटले ११औं मिनेटमा गोल गरे । तर स्पेनले लोपेजको दुई गोलको मद्दतले १८औं र २५औं मिनेटमा अग्रता लियो । अलेहान्द्रो माइनाको गोलले स्पेनको अग्रता दुई गोलमा पुर्‍यायो ।

फ्रान्सले ७९औं मिनेटमा अक्लिओचेको गोलमार्फत खेलमा फर्कने प्रयास गर्‍यो । इन्जुरी समयमा माटेटाले पेनाल्टीमार्फत गोल गरेपछि खेल ३/३ को बराबरीमा पुग्यो र अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयमा स्पेनका सर्जियो कमेलोले निर्णायक दुई गोल गरे, जसले स्पेनलाई ५-३ को जित र स्वर्ण पदक दिलायो ।