१८ असार २०८३, बिहिबार

विद्युत प्राधिकरणका दुईजना सञ्चालकलाई नहटाउन सर्वोच्चको आदेश

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका दुईजना सञ्चालकलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

साउन १८ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाएर सञ्चालक समितिमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरूङ नियुक्त गर्नुभएको थियो ।

आचार्य र पुन उद्योगीबाट डेटिकेटड तथा ट्रंक लाइनको बक्यौता उडाउनुपर्ने अडानमा हुनुहुन्छ । आचार्य र पुनले सरकारको निर्णयविरूद्व सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको थियो ।