
धरान, २४ साउन । खानेपानीको शुल्क बढाएको विरोधमा धरान उपमहानगरपालिकाको कार्यालय अगाडि राजनीतिक दलहरूले प्रदर्शन गरेका छन् ।
कार्यालय घेराउ गर्न पुगेका राजनीतिक दलहरू र सुरक्षाकर्मीबीच तनावसमेत भएको छ । सो क्रममा केही व्यक्ति घाइतेसमेत भएका बताइएको छ ।
यसैबीच, तनावग्रस्त स्थिति सृजना भएपछि मेयर हर्क साम्पाङले वार्ताका लागि बोलाउनुभएको छ । साम्पाङले मौखिक रूपमा वार्ताका लागि आव्हान गर्नु भएको हो ।
घेराउमा पुगेकाहरूले मेयर साम्पाङविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । ९ हजार ९०० प्रतिशतसम्म शुल्क र महसुलमा वृद्धि गरेपछि धरानमा क्रियाशील १० राजनीतिक दलले खानेपानी व्यवस्थापन बोर्ड विरुद्ध आन्दोलन गर्दै आएका छन् ।








प्रतिक्रिया