
काठमाडौं, २४ साउन । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार हेलिकप्टर दुर्घटनामा मृत्यु भएका चार जना चिनियाँ नागरिक नेपालमा लगानीका क्षेत्र खोज्दै आएको बताउनुभएको छ ।
आज सिंहदरबारमा बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार मन्त्री गुरुङले बारम्बार जहाज, हेलिकप्टर दुर्घटना हुँदा त्यसले पर्यटन क्षेत्रलाई मात्रै असर नपुर्याइ, बाह्यरअन्तर्राष्ट्रिय लगानीमा समेत असर पारेको बताउनु भएको हो ।
‘हिजो चिनियाँ टोलीहरू घुम्नको लागि गएको होइन, कुनै न कुनै हिसाबले लगानीको क्षेत्र अवलोकनका लागि गएको देखिन्छ,’ उहाँले भन्नुभयो, ‘यसले गर्दा विदेशी लगानी पनि प्रभावित हुनसक्छ। विदेशीहरू कहाँकहाँ जानुपर्ने हुन्छ। हाम्रो आकाश सुरक्षित छैन, हाम्रो एयरलाइन्स, हेलिकप्टरहरू सुरक्षित छैन भन्ने देखाउँछ।’
हिजो काठमाडौंबाट रसुवाको लागि उडेको एयर डाइनेष्टिको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको थियो जसमा चारजना चिनियाँ नागरिक हुनुहुन्थ्यो ।








प्रतिक्रिया