
काठमाडौं, २४ साउन । मन्त्रिपरिषद्को वरियतामा हेरफेर भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले केपी ओली नेतृत्वको मौजुदा मन्त्रिपरिषद् हेरफेर गर्नुभएको हो । जसअनुसार स्वास्थ्यमन्त्री प्रदीप पौडेलको घटुवा भएको छ भने पर्यटनमन्त्री बद्री पाण्डेको बढुवा गरिएको छ ।
यसअघि १४औं नम्बरमा रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई अहिले १६औं स्थानमा पुर्याइएको छ । पर्यटनमन्त्री पाण्डेलाई भने पौडेलको १४औँ स्थानमा लगिएको छ ।









प्रतिक्रिया