८ असार २०८३, सोमबार

भिएफआरले अनुमति नदिएको ठाउँमा हेलिकप्टर प्रवेश गराउँदा दुर्घटना

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । नेपाल नागरिक उड्डयन प्राधिकरणले भिजिओल फ्लाइट रूट (भिएफआर) ले अनुमति नदिएको ठाउँमा हेलिकप्टर प्रवेश गराउँदा दुर्घटना भएको बताएको छ ।

प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारी क्याप्टेनकै कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताउनुभएको हो । सिभिल एभिएसनको भिजिओल फ्लाइट रूटले अनुमति नदिएको खराब मौसम बादल भएको ठाउँमा हेलिकप्टर प्रवेश गराउँदा सो दुर्घटना भएको उहाँले बताउनुभयो ।

विस्तृत वितरण भने सरकारले गठन गरेको छानबिन समितिले दिने उहाँको भनाइ छ ।