८ असार २०८३, सोमबार

फेरि प्रेममा परिन् अनन्या

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । आदित्य रोय कपुरसँग ब्रेकअपपछि अभिनेत्री अनन्या पाण्डे फेरि प्रेममा परेकी छन् । मिडिया रिपोर्टकाअनुसार उनी अहिले पूर्वमोडल वाकर ब्लान्कोसँग डेट गरिरहेकी छिन् ।

इन्डिया टुडेको रिपोर्टकाअनुसार अनन्त अम्बानी र राधिका मर्चेन्टको दोस्रो प्रि-वेडिङको क्रममा क्रुज पार्टीका क्रममा यी दुईको भेट भएको थियो ।

चाँडै नै दुवै साथी बने । यसपछि दुवैले एकअर्कालाई डेट गर्न थाले । वाकर केही समयदेखि जामनगरमा छन् र अम्बानी परिवारको भान्तारा एनिमल पार्कमा काम गर्छन् ।

बम्बे टाइम्सको रिपोर्टकाअनुसार अनन्याले अनन्तको विवाहमा वाकरलाई आफ्नो पार्टनरको रूपमा सबैसँग परिचय गराएकी थिइन् । उनले वाकरसँगको आफ्नो निकटता पनि लुकाइनन् । दुवैले विवाहमा धेरै रोमान्टिक गीतहरूमा जोशका साथ नृत्य गरेका थिए ।

अनन्याको प्रेम जीवन सधै चर्चामा रहने गरेको छ । यसअघि उनी अभिनेता इशान खट्टरसँग सम्बन्धमा थिइन् तर करिब डेढ वर्ष डेटिङ गरेपछि उनीहरुको ब्रेकअप भयो ।

यसपछि आदित्य रोय कपुरसँग अनन्याको निकटता बढ्यो तर यो सम्बन्ध पनि लामो समय टिक्न सकेन र यसै वर्ष मार्चमा दुवैको ब्रेकअप भयो ।