१७ असार २०८३, बुधबार

काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधि भारतलाई

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधि भारतले जितेको छ । आज भएको फाइनलमा नेपाललाई पराजित गर्दै भारतले उपाधि जित्न सफल भएको हो ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा नेपाललाई ३-२ सेटले पराजित गर्दै भारतले काभा भलिबलको उपाधि जितेको हो ।

पाचौं सेटमा धकेलिएको खेलमा भारतले १५-५ ले जित निकाल्न सफल भएको हो । त्यसअघि पहिलो सेट २५-२३ ले जित निकालेको नेपालले दोस्रो सेट १४-२५ ले गुमाएको थियो । तेस्रो सेट २५-२२ ले जितेको थियो ।

चौथो सेटमा भारतले २५-२१ ले जित निकाल्दा खेल पाचौं सेटमा धकेलिएको थियो ।