
काठमाडौं, २३ साउन । प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशाला जाने कार्यक्रम स्थगित भएको छ ।
नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ मा एयर डाइनेस्टिको हेलिकप्टर दुर्घटना भएसँगै प्रधानमन्त्री ओलीले रंगशाला जाने कार्यक्रम स्थगित गर्नुभएको हो ।
आज दशरथ रंगशालाको कभर्डहलमा नेपाल र भारतीबीच काभा वुमन्स नेसन्स लिगको फाइनल खेल हुँदैछ । नेपाली खेलाडीहरूलाई उत्प्रेरणा दिन प्रधानमन्त्री रंगशाला जाने कार्यक्रम तय भएको थियो ।









प्रतिक्रिया