१४ असार २०८३, आइतबार

कलेजको प्रेमकथामा वेब सिरिज ‘जस्ट लभ’ बन्ने

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । गाउँले परिवेशमा निर्माण भएका सिरिजले दर्शकलाई मनोरञ्जन दिइरहेको समयमा शहरिया परिवेशलाई समेटेर वेब सिरिज ‘जस्ट लभ’ निर्माण हुने भएको छ ।

योङ माइन्ड इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा ‘मेरी बास्सै’की कलाकार मुस्कान लामा र पर्यटन व्यवसायी अनु शाही ठकुरीले मिलेर यो सिरिज निर्माण गर्नुहुने भएको हो । मुस्कानले सिरिज ‘गोलमाल’ र थुप्रै भिडियो अभिनय गर्नुभएको छ ।

मंगलबार निर्देशकमा मुनाल शिशिर कोइरालालाई अनुबन्धित गर्दै सिरिज निर्माण घोषणा गरिएको हो । थुप्रै हिट म्युजिक भिडियो दिनुभएका निर्देशक कोइरालाले यसैबाट सिरिज निर्देशनमा डेब्यू गर्न लाग्नुभएको हो ।

मेघा सिरिजको रुपमा निर्माण हुने ‘जस्ट लभ’मा कथ, पटकथा, संवाद र गीतसमेत कोइरालाकै रहनेछ ।

बालदिप राई, समीप निरौला, मुस्कान लामा, अनुजा सिंह, सुभाष शाह गौरव हमाल, मुस्कान लामा, अनुजा सिंह, राजकुमार, प्रिती सिवाकोटी, विनिता दाहाल, मुनाल शिशिर कोइराला, सुभाष शाह, विशाल डंगोल, समीक्षा सानुलगायत कलाकार छनौट भएको सिरिजका लागि केही कलाकार छनौटको क्रममा छन् ।

हरिदेवी कोइराला कार्यकारी निर्माता रहेको सिरिजमा सुजन श्रेष्ठको छायांकन र प्रचार तथा सम्पादनमा सुवास शाह रहनुभएको छ । सिरिजको गीतमा दिपकराज विश्वकर्माको संगीत तथा गायक नितिन गजुरेल र गायिका एलिना चौहानको स्वर रहनेछ ।

शहर केन्द्रीत कलेज प्रेमकथामा निर्माण हुने सिरिज साउन २८ गतेबाट छायांकन हुनेछ । सिरिज छिट्टै दर्शकले हेर्न पाउने निर्देशक कोइरालाले जानकारी दिनुभयो ।